क्यान र क्रिकएचक्युबीच सम्झौता | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

क्यान र क्रिकएचक्युबीच सम्झौता

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले न्युजिल्यान्डको क्रिकएचक्युसँग सम्झौता गरेको छ। विश्व प्रसिद्ध डिजिटल प्लेटफर्म क्रिकएचक्युसँग तीन वर्षका लागि सम्झौता भएको क्यानले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।क्रिकएचक्युले लाइभ स्कोरिङ, म्याच रिपोर्ट, एनालिटिक्स, डिजिटाइजेसन लगायतका काम गर्दै आएको छ। सम्झौतापछि क्रिकएचक्युका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एरिन वाल्सले खुशी व्यक्त गर्दै लामो समयसम्म सहकार्य गर्ने विश्वास व्यक्त गरे।

यस्तै, क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले क्रिकएचक्युसँगको सम्झौताबाट उत्साहित रहेको बताएका छन् ।

Leave a Reply

ताजा समाचार