१९ वर्षमुनिको क्रिकेट प्रायोजन सम्बन्धमा क्यान र चौधरी ग्रुपबिच सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१९ वर्षमुनिको क्रिकेट प्रायोजन सम्बन्धमा क्यान र चौधरी ग्रुपबिच सम्झौता

CG-Chaudhary-Group

काठमाडाैं, ३० चैत । नेपाली १९ बर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीलाई चौधरी ग्रुपको वाईवाई चाउचाउले ५ वर्षको लागि प्रायोजन गरेको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार चौधरी ग्रुपसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौता पत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

प्रायोजन स्वरुप वाईवाईले क्यानलाई हरेक वर्ष ७० लाख उपलब्ध गराउने छ । उक्त रकममा हरेक वर्ष १० प्रतिशतले वृद्धि हुनेछ । सम्झौतासंगै अब नेपाली १९ बर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीको नाम वाईवाई यू–१९ क्रिकेट टोली हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);