नेपाली भलिबल इतिहासमा पहिलो पटक ४० लाख रुपैयाँको प्रायोजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

नेपाली भलिबल इतिहासमा पहिलो पटक ४० लाख रुपैयाँको प्रायोजन

काठमाडाैं, २१ पुस । नेपाली भलिबल इतिहासमा पहिलो पटक ४० लाख रुपैयाँको प्रायोजन भएको छ । शुक्रबार नेपाल भलिबल संघ (एनभिए) र नेपाल स्याटलाइट टेलिकम प्रालीबीच आगामी दुई वर्षको लागि ४० लाख नगद सम्झौता भएको हो ।

काठमाडौँमा साइनिङ सेरेमोनीमा एनभिएका अध्यक्ष मनोरञ्जन रमन शर्मा र नेपाल स्याटलाइट टेलिकम प्रालीका अध्यक्ष अस्मिता सुमार्गीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि टेलिकमले एनभिएलाई दुई वर्षसम्म वार्षिक २० लाख रुपैयाँ प्रदान गर्नेछ । शुक्रबारै टेलिकमले एनभिएलाई १० लाख नगदको चेक हस्तानतरण समेत गरेको छ।

उक्त रकम एनभिएले आयोजना गर्ने एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको लागि मात्र हुनेछ । यसअघि गत वर्ष एभनिएले क्लब लिग च्याम्पियनसिपका लागि राष्ट्रिय वाणिज्य बैंकसँग दुई वर्षका लागि २० लाखको सम्झौता गरेको थियो । एनभिएले चौथो महिला तथा पुरुष राष्ट्रिय क्बल लिग भलिबल च्याम्पियनसिप फागुन १३ देखि १९ गतेसम्म आयोजना गर्ने भएको छ ।