लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा

एजेन्सी । लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको तेस्रो चरणको खेलमा एभर्टनलाई २–१ गोलले हराउँदै लिभरपुल तथा डर्बी काउन्टीलाई २–० ले हराउँदै म्यानयू अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।

एभर्टनलाई हराउन लिभरपुलका जेम्स मिल्नर र भर्जिल भान डेकले गोल गरे । एभर्टनका लागि जिफी सिगुर्ड्सनले एक गोल फर्काए । लिभरपुल एभर्टनसँगका पछिल्ला १६ खेलमा अपराजित छ ।

यसमा ८ खेल जितेको छ भने ८ खेलमा बराबरी भएको छ । यस्तै डर्बीलाई पराजित गर्न म्यानचेस्टर युनाइटेडका लागि जेसी लिङ्गार्ड र रामेलु लुकाकुले गोल गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);