युनाइटेड र लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

युनाइटेड र लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

एजेन्सी , २२ पुष।  म्यानचेस्टर युनाइटेड र  लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन्। शुक्रबार राति सम्पन्न तेस्रो चरणको खेलमा म्यानचेस्टर युनाइटेडले काउन्टीलाई २–० ले हराउदै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो।

युनाइटेडलाई विजयी गराउन खेलको ८४औं मिनेटमा जेसी लिंगार्ड र ९०औं मिनेटमा रोमेलु लुकाकुले १–१ गोलको योगदान दिए।

त्यस्तै रातिनै सम्पन्न अर्को खेलमा एभर्टनलाइ २–१ ले हराउँदै लिभरपुरले अघिल्लो चरणमा स्थान बनाउन सफल भएको छ। लिभरपुलका लागि खेलको ३५ औं मिनेटमा पेनाल्टीमार्फत जेम्स मिल्नर र ८४ औं मिनेटमा भर्जिल भान डेकोले गोल गरे। यता पराजित टोली एभर्टनका लागि खेलको ६७औं मिनेटमा सिगुर्डसनले गोल गरेका थिए।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);