एफए कप : म्यान्चेष्टर युनाइटेडद्वारा आर्सनल ३–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एफए कप : म्यान्चेष्टर युनाइटेडद्वारा आर्सनल ३–१ ले पराजित

arsenal-manutd fa cup

एजेन्सी, १२ माघ । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । शुक्रवार राति भएको खेलमा आर्सनललाई ३–१ गोलले हराउँदै युनाईटेड पाँचौ चरणमा पुगेको हो ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा युनाईटेडलाई जित दिलाउन एलेक्सिस सान्चेज, जेसे लिंगार्ड र एन्थोनी मार्सियलले एक–एक गोल गरे ।आर्सनलका पेरिक एम्रिक आबुमियाङले सान्त्वना गोल फर्काए ।

योसँगै अन्तरिम प्रशिक्षक ओले गुनर सोल्सायर आएपछि युनाईटेड लगातार ८ खेलमा जित निकाल्न सफल भएको छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा च्याम्पियनसिप क्लब ब्रिस्टोल सिटीले बोल्टनलाई २–१ गोल अन्तरले हराएर पाँचौ चरणको यात्रा तय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);