यूएईसंगको एकदिवसीय क्रिकेटमा नेपालको सानदार जित | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

यूएईसंगको एकदिवसीय क्रिकेटमा नेपालको सानदार जित

nepal cricket

सोमपालले ५ र सन्दीपले चार विकेट हात पारे

काठमाडाैं, १२ माघ । एकदिवसीय क्रिकेट श्रृंखलाको दोश्रो खेलमा नेपालले युएईलाई सानदार रूपमा पराजित गरेको छ ।  पहिलो खेलमा नेपाललाई सहजै पराजित गरेको युएई एकदिवसीय क्रिकेट श्रृंखलाको दोश्रो खेलमा भने निरिह बनेको छ ।

दोश्रो खेलमा नेपालले एक सय ४५ रनको फराकिलो जित हात पारेको हो । एक सय ४३ रनको लक्ष्य पछ्याएको युएई ९७ रन बनाउँदा अलआउट भयो । नेपाललाई जिताउन सोमपाल कामी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे ।

सोमपालले ५ र सन्दीपले चार विकेट हात पारे । सुरुका चार ओभरमा चार विकेट लिएका सोमपालले २० औं ओभरको तेश्रो बलमा युएईको इनिङ समाप्त गरिदिएका हुन् । यसअघि रोहित पौडेले र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल जितका लागि युएईलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ४२ रन बनायो । नेपालका लागि रोहीत पौडेलले ५५ रन र उपकप्तान ज्ञानेन्द्र मल्लले ४४ रन जोडे । आरिफ शेखले २९ रनको योगदान गर्दा विनोद भण्डारी र कप्तान पारस खड्काले समान २१ रन, करण केसीले १८, दिपेन्द्रसिंह ऐरीले १० र पवन सर्राफले ८ रन जोडे ।

पहिलो खेलमा सर्वाधिक रन बनाएका सोमपाल कामी आजको खेलमा २ रनमै आउट हुँदा सन्दीप लामिछानेले नटआउट १४ र ललितनारायण राजवंशीले ३ रन जोडे । युएईका इमरान हाइडर र अमिर हायतले समान तीन विकेट लिए । मोहमद नाभिद, जाहोर खान, र अस्फाक अहमिदले एक/एक विकेट लिए ।