स्पेनिस ला लिगा फुटबल: एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी, आज पाँच खेल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

स्पेनिस ला लिगा फुटबल: एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी, आज पाँच खेल हुने

la lig

काठमाडौं, १३ माघ । स्पेनिस ला लिगा फुटबलमा शनिबार राति एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी भएका छन् ।

तालिकाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले गेटाफेलाई २ –० ले हराउँदै शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी छोट्याएको छ । एथ्लेटिकोलाई जिताउन एन्टोनियो ग्रिजमन र साउल निग्वेजले एक–एक गोल गरे । खेलको अन्त्यतिर गेटाफेका डाकोमन र बाकेराले रातो कार्ड खाएपछि ९ खेलाडीमा समेटिएको थियो ।

गेटाफेमाथिको जितसँगै एथ्लेटिकोले ४४ अंक जोडेको छ । यो सँगै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी २ अंकमा झरेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ४६ अंक छ । गेटाफे ३१ अंकसहित छैटौं स्थानमा छ । ला लिगाकै अर्को खेलमा सेभियाले लेभान्तेलाई ५–० ले हराउँदा भ्यालेन्सियाले भियारियालमाथि ३–० को जित निकाल्यो । ला–लिगा फुटबलमा आज पाँच खेल हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);