ला लिगा फुटबलको तेस्रो स्थानमा रियल मड्रिड उक्लियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ला लिगा फुटबलको तेस्रो स्थानमा रियल मड्रिड उक्लियो

la liga

काठमाडौं, १४ माघ । इस्पान्योललाई ४–२ गोल अन्तरले हराउँदै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

इस्पान्योलको मैदानमा आइतबार राति भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र कप्तान सर्जियो रामोसले एकरएक गोल गरेका थिए । इस्पान्योलका लियो बापपटस्टाओ र रोबर्टो रोसेल्सले गोल गरेका थिए । खेलको चौथो मिनेटमै करिम बेन्जेमाको गोलबाट सुरूवाती अग्रता लिएको रियलले १५औं मिनेटमा कप्तान रामोसको गोलबाट अग्रता दोब्बर पारेको थियो । खेलको २५औं मिनेटमा लियो बापटिसटाओले गोल गर्दै घरेलु टोलीले खेलमा २–१ को स्थिति बनायो ।

पहिलो हाफको इन्ज्युरी समयमा करिम बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा रियलले ३–१ ले अग्रता लिएको थियो । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले ६७औं मिनेटमा गोल गर्दै रियललाई ४–१ को अग्रता दिलाएका थिए । जितसँगै रियल २१ खेलबाट ३९ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा १० तथा एट्लेटिको मड्रिडभन्दा ५ अंकले पछि रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);