जिरोनालाई हराउँदै रियल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जिरोनालाई हराउँदै रियल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा

real madrid

काठमाडौं, १८ माघ । घरेलु टोली जिरोनालाई हराउँदै स्पेनिस क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा पुगेको छ ।

बिहीबार राति भएको दोस्रो लिगमा जिरोनालाई ३–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ७–३ को जित निकाल्दै रियलले अन्तिम चारमा स्थान पक्का गरेको हो । यसअघि पहिलो लिगमा रियलले जिरोनालाई ४–२ गोलअन्तरले हराएको थियो । जिरोनाको घरेलु मैदानमा रियललाई जिताउन करिम बेन्जिमाले दुई गोल गर्दा मार्कुस लोरेन्टेले एक गोल गरेका थिए । खेलको २७ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई सुरूवाती अग्रता दिलाएका थिए ।

खेलको ४३ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा रियलले पहिलो हाफ अगाडि नै अग्रता दोब्बर पारेको थियो । दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको जिरोनाका लागि पेड्रो पोर्रोले खेलको ७१ औं मिनेटमा गोल गरे । तर, मार्कोर लोरेन्टेले ७६औं मिनेटमा करिब २५ यार्डबाट गोल गरी रियललाई ३–१ को जित सुनिश्चित गराए । यो सँगै कोपा डेल रे को सेमिफाइनल समिकरण पुरा भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);