च्याम्पियन्स लिग: आयाक्सद्वारा रियल मड्रिड पराजित, रियल मड्रिड बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

च्याम्पियन्स लिग: आयाक्सद्वारा रियल मड्रिड पराजित, रियल मड्रिड बाहिरियो

real madrid-ajax

काठमाडौं, २२ फागुन । रियल मड्रिडले नसोचेको नतिजा हात पार्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।

मंगलबार राति आफ्नै घरेलु मैदानमा प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिड नेदरल्यान्ड्सको आयाक्ससँग ४–१ गोल अन्तरले पराजित भएको हो । समग्रमा रियल मड्रिडले ५–३ गोलअन्तरको हार ब्यहोर्दै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पहिलो लेगमा भने रियल मड्रिडले आयाक्सलाई २ – १ गोलअन्तरले पराजित गरेको थियो । पहिलो लेगमा आफ्नो अग्रता भएपनि दोस्रो लेगमा नराम्ररी पराजित हुँदै रियलले प्रिक्वाटरफाइनलमै च्याम्पियन्स लिगको यात्रा सकाएको हो । आयाक्सले रियलमाथि नसोचेको नतिजा हात पारेको हो ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा भने आयाक्स प्रवेश गरेको छ । पहिलो हाफमा दुई गोल गरेको आयाक्सले दोस्रो हाफमा थप दुई गोल गर्दा रियलले एक गोल फर्काउन सफल भएको थियो । खेलको सातौं मिनेटमा नै हाकिम जियाचले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । सुरुवाती समयमा नै अग्रता बनाएको आयाक्सले खेलको १८औं मिनेटमा दोब्बर अग्रता बनायो । यो पटक डेभिड नेरेसले गोल गरेका थिए त्यस्तै, ६२ औं मिनेटमा डुसन टाडिकले गोल गर्दै आयाक्सको अग्रतालाई ३ –० मा पु¥याएका थिए । तर मार्को एसेन्सियो ७० औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिस गरेका थिए । लसी स्चोनले ७२ औं मिनेटमा गोल गर्दै आयाक्सलाई ४–१ गोलको जित दिलाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);