केन्यामा हुने टी-२० क्रिकेट सिरिज ३ हप्ता सर्‍यो | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

केन्यामा हुने टी-२० क्रिकेट सिरिज ३ हप्ता सर्‍यो

काठमाडौं, २२ फागुन । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केन्यामा सहभागिता जनाउने भनिएको ’एट नेसन ’ए’ टी -२० क्रिकेट सिरिज’ प्रतियोगिता सरेको छ । केन्यामा मार्च अन्तिम साताबाट तय भएको प्रतियोगिता करिब ३ हप्ता सरेको हो।

आयोजक केन्या क्रिकेटले प्राविधिक कारण २ देखि ३ हप्ता सरेको जनाएको छ । नयाँ मिति भने केहि दिनमा तय हुने जनाइएको छ । यसअघि प्रतियोगिता २२ मार्च देखि ३१ सम्म आयोजना हुने तय भएको थियो ।

प्रतियोगितामा ८ राष्ट्रले सहभागिता जनाउने छन् । तर, प्रतियोगितामा सहभागी राष्ट्रको नाम भने तय भएको छैन । नेपालले सन् २०२० मा हुने टी–ट्वान्टी विश्वकपको लागि आयोजना हुने एसिया छनोटको तयारीको रुपमा प्रतियोगिता खेल्न लागेको हो । विश्वकपका लागि एसिया छनोट आगामी अगष्टमा हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);