सेन वार्नको स्मृतिमा भैरहवामा क्रिकेट प्रतियोगिता हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सेन वार्नको स्मृतिमा भैरहवामा क्रिकेट प्रतियोगिता हुने

प्रतिक पौडेल,
भैरहवा ।
भैरहवामा प्रो क्लव च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । जोहरा इन्टरनेशनलको आयोजनामा प्रो क्लव च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको हो ।

टी–ट्वान्टी फर्म्याटमा रहेको यस प्रतियोगिता भैरहवामा ८ देखि १६ अप्रिल २०२२ सम्म हुनेछ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा घरेलु र अन्तर्राष्ट्रिय क्लबहरूको सहभागिता रहने जानकारी जोहरा इन्टरनेशनलका प्रबन्धक निर्देशकले अमिर अख्तरले जानकारी दिए ।

प्रतियोगितामा सहभागिता जनाउने टोलीको नाम केही दिनमा घोषणा गरिने जानकारी आयोजकले दिएको छ । आयोजकका अनुसार नेपाल, भारत, बंगलादेशका सबै प्रमुख क्लबहरू सहभागिता रहने जानकारी अख्तरले दिए । प्रतियोगितामा मलेसियाको टोलीले उद्घाटन संस्करण खेल्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा कुल १७ खेल हुनेछन् । प्रतियोगिता काठमाडौंमा हुने त्रिदेशीय शृङ्खलाको लगत्तै खेलाइनेछ । प्रतियोगिता अस्ट्रेलियाका लिजेण्ड शेन वार्नलाई समर्पित रहेको र उनको ५२ वर्षको उमेरमा भ्रखरै निधन भएको कारणले उनकै स्मृतीमा गर्न लागिएको जानकारी आयोजकले दिएको छ ।

प्रतियोगतामा सहभागिता जनाउने टोलीमा राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता रहने र राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले पनि खेल्ने जानकारी आयोजकले दिएको छ ।

अख्तरका अनुसार घरेलु स्तरमा क्लब क्रिकेट बलियो हुनुपर्ने आफ्नो दृढ विश्वास छ । अख्तरले भैरहवा क्लव क्रिकेट आयोजनामा पहिले देखिनै अव्वल रहेको कारण प्रतियोगिता आयोजनाको लागी सिद्धार्थ क्रिकेट रंगशाला छनोट गरेको जानकारी दिए । अख्तरले आफु सधैं काठमाडौं उपत्यका बाहिर क्रिकेट गतिविधिहरु विकेन्द्रीकरण हुनुपर्छ भन्ने कुरामा विश्वास राख्ने कारण भैरहवालाई प्रो क्लव च्याम्पियनसिप आयोजनाको लागी छनोट गरेको बताए ।

अख्तरका अनुसार भैरहवा यो ढाँचाको प्रतियोगिता आयोजना गर्न योग्य शहर हो । संचलानको तयारीमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल र भैरहवामा रहेका स्तरिय होटलहरुका कारण पनि यस खालको प्रतियोगिताको लागी भैरहवा योग्य शहर भएको अख्तरको भनाइ थियो ।

प्रतियोगिता आयोजना गर्नको लागी नेपाल क्रिकेट संघ ९क्यान० को स्विकृती आयोजकले पाइसकेका छन् । रुपन्देही क्रिकेट संघले प्रतियोगिता आयोजना गर्न आयोजकलाई सहयोग गर्ने जानकारी संघका सचिव संजय गुरुङले दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);