दोस्रो इलाम आमन्त्रित भलिबल प्रतियोगिता चैत्र ५ गतेदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

दोस्रो इलाम आमन्त्रित भलिबल प्रतियोगिता चैत्र ५ गतेदेखि

illam volleyball

इलाम, १५ माघ । इलाममा आगामी चैत्र ५ गतेदेखि ८ गतेसम्म दोस्रो इलाम आमन्त्रित नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल संघ इलामको आयोजनामा हुने प्रतियोगितामा देश भरीका १२ टीमको सहभागिता हुने भएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेश भलिबल टीम, बिमान ट्रेड्स बिर्तामोड, पूर्वाञ्चल भलिबल क्लव, मणी मुकुन्द क्लव रुपन्देही, ताप्लेजुङ भलिबल क्लव, नव चेतना भलिबल क्लव बरबोटे इलामको सहभागिता रहने छ ।

त्यस्तै नेपाल आर्मी, सशस्त्र प्रहरी, पूर्वाञ्चल प्रहरी टीम, दमक भलिबल क्लव, आयोजक र प्रदेश नम्वर १ भलिबल क्लबको सहभागिता रहने सदरमुकाममा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

प्रतियोगिताको प्रथम हुने टीमलाई २ लाख १ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यस्तै दोस्रो हुने टीमलाई १ लाख १ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक जिल्ला भलिबल संघ इलामले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);