ए डिभिजन लिग अन्तरर्गत लिगको नवौं चरणको खेल आजदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ए डिभिजन लिग अन्तरर्गत लिगको नवौं चरणको खेल आजदेखि

A-division-lig

काठमाडौं, १५ माघ । ए डिभिजन लिग अन्तरर्गत लिगको नवौं चरणको खेल आजदेखि, पुर्व विजेता मनाङ र उपविजेता संकटा क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एक मात्रै खेल दिउँसो ३ बजे सुरु हुनेछ । लिगको ६१ औं खेलमा दुबै टिम जित निकाल्न चाहन्छ । लिगमा अपराजित रहेको मनाङ संकटाविरुद्ध जित निकाल्दै उपाधि होडमा बलियो बन्न चाहन्छ । अन्तिम खेलमा सरस्वतीलाई पराजित गरेको मनाङलाई संकटाविरुद्ध सबै खेलाडी उपलब्ध हुनेछन् ।

संकटा पनि मनाङलाई रोक्ने दाउमा छ । संकटा मनाङको अपराजित यात्रालाई ब्रेक गर्न चाहन्छ । लिगमा ८ खेल खेलेको संकटाको १२ अंक रहेको छ । मनाङलाई पराजित गरेको खण्डमा संकटा पाँचौं स्थानमा उक्लने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);