ए डिभिजन लिग : संकटा युथ क्लव र मनाङ मर्स्याङदी विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

ए डिभिजन लिग : संकटा युथ क्लव र मनाङ मर्स्याङदी विजयी

काठमाडौं, १५ मंसिर । सहिद स्मारक ए डिभिजन लिग अन्तरगत शनिवार भएको खेलमा संकटा र मनाङमर्स्याङदी क्लव विजयी भएका छन् । पहिलो खेलमा संकटाले च्यासल युथ क्लवलाई दुई एक गोलले हरायो ।

हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा संकटाको जितमा अमित तामाङ र इलोन म्याक्सवेलले एक– एक गोल गरे । भने च्यासलका तर्फबाट सन्तोष साउखलले मात्रै एक गोल गरे । जितपछि संकटाले ५ खेलबाट १२ अंक बनाउँदै शीर्ष तीन भित्र पुगेको छ । च्यासलको भने ५ खेलबाट ४ अंक छ ।

यसैगरी शनिवार नै भएको अर्काे खेलमा मनाङ मर्स्याङदीले सरस्वती युथ क्लबलाई पराजित गरेर लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा लगातार पाँचौं जित हात पार्ने क्रममा मनाङले सरस्वतीलाई २–० ले पाखा लगाएको हो ।

हलचोक मैदानमा भएको खेलको पहिलो हाफमा सरस्वतीले मनाङलाई गोलसहित बराबरीमा रोक्यो । तर, दोस्रो हाफको ५५ औं मिनेटमा अञ्जन विष्टले गोल गरे भने ६८ औं मिनेटमा आफिजले गोल गरेका थिए । जितसँगै ५ खेलबाट १५ अंक जोडेको मनाङ शीर्ष स्थानमा उक्लिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);