ए डिभिजन लिग : संकटा उपविजेता, मनाङको लगातार १२ आैं जित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ए डिभिजन लिग : संकटा उपविजेता, मनाङको लगातार १२ आैं जित

काठमाडौं, १८ पुस । संकटा क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपविजेता बनेको छ । बुधवार भएको खेलमा थ्रीस्टारलाई २–१ गोलले पराजित गर्दै संकटा उपविजेता बनेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पहिलो हाफसम्म १–१ को बराबरीमा रहेकोमा संकटाले दोस्रो हाफमा गोल गर्दै उपविजेता बनेको हो ।

खेलमा सुरुवाती अग्रता भने थ्रीस्टारले ३० औं मिनेटमा अञ्जन विष्टको गोलमार्फत लियो । ४१ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै संकटाले खेल बराबरी गर्यो । संकटाका लागि अमित तामाङले गोल गरेका हुन् ।

६१ औं मिनेटमा संकटा क्लबले फेरि पेनाल्टी पायो । पेनाल्टीबाट गोल गर्दै अमितले संकटालाई २–१ गोलको अग्रता दिलाएका थिए ।

मनाङ मर्स्याङ्दीको लगातार १२ औं जित
यस्तै अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लबले लगातार १२ औं जित निकालेको छ । बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले लिगमा १२ औं जित निकालेको हो ।

हल्चोकस्थित एपीएफ क्लबको मैदानमा मनाङलाई जित दिलाउन आफिज ओलावाले र विशाल राईले एक एक गोल गरे । हिमालयन शेर्पाका विश्वास श्रेष्ठले एक गोल गरे । जितसंगै च्याम्पियन बनिसकेको मनाङले १२ खेलबाट ३६ अंक जोडेको छ ।

मनाङले लिगको उपाधि भने दुई खेल अगाबै जितिसकेको छ । पराजित हिमालयन शेर्पा ११ अंक सहित तालिकाको सातौं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);