ए डिभिजन लिगमा पुलिसको दोस्रो जित, संकटा २–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

ए डिभिजन लिगमा पुलिसको दोस्रो जित, संकटा २–१ ले पराजित

nepal police a division

काठमाडौं, १६ पुस । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । बुधबार ललितपुरको सातदोवाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो ।

पुलिसलाई जित दिलाउन सुमन लामाले एक गोल गर्दा एक आत्मघाती गोलको उपहार पाएको थियो । संकटाका अमित तामाङले एक गोल फर्काए । खेलको १५ औं मिनेटमा संकटाका अमितले आत्मघाती गोल गर्दा पुलिसले अग्रता बनाएको थियो । पुलिसका सुमनको प्रहार अमितलाई लाग्दै गोल भएको थियो ।

खेलको १८ औं मिनेटमा अमितले नै पेनाल्टीमा गोल गर्दै संकटालाई खेलमा फर्काए । पुलिसका डिफेन्डरले डिबक्स भित्र ह्याण्ड गरेपछी संकटाले पेनाल्टी पाएको थियो । तर, खेलको ३३ औं मिनेटमा सौजन राईको पासमा सुमनले गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);