ए डिभिजन लिग : आज संकटा र पुलिस तथा आर्मी र थ्री स्टार भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ए डिभिजन लिग : आज संकटा र पुलिस तथा आर्मी र थ्री स्टार भिड्दै

three star ra army

 काठमाडौं, १६ पुस । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज २ वटा खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार चौथो चरणको तेस्रो दिन आज संकटा र पुलिस तथा आर्मी र थ्री स्टारबीच प्रतिस्पर्धा हुने भएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा संकटा र पुलिस र भिड्नेछन् भने दोस्रो खेलमा आर्मी र थ्री स्टारबीच हुनेछ । लिगमा तीन खेलबाट संकटा र पुलिसले एक जित, एक हार र एक बराबरी गरेका छन् ।

तालिकामा ४ अंक जोडेका पुलिस र संकटा गोल अन्तरका आधारमा नवौं र दशौं स्थानमा छन् । दुई जित र एक बराबर खेलेको तेस्रो स्थानको थ्री स्टारको ७ अंक रहेको छ । आर्मी दुई जित र एक हार ब्यहोरेको पाँचौ स्थानको आर्मीको ६ अंक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);