शहीद स्मारक ए डिभिजन लिग फुटबल: आज तीन खेल हुदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

शहीद स्मारक ए डिभिजन लिग फुटबल: आज तीन खेल हुदै

sahid smarak

काठमाडौं, ७ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुनेछन ।

एन्फा कम्प्लेक्समा बिहान ११ बजे हुने पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब र विभागीय टिम एपीएफले प्रतिस्पर्धा गर्दैछन् । ए डिभिजनको अन्तिममा रहेको ब्रिगेड ब्याइजले २ खेलमा जित निकाल्न सकेको छैन भने एपिएफले एक जित र एक बराबरी खेलेको छ ।

त्यस्तै, आज दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तीन अंकका लागि भिड्नेछन । दुबै टिमले लिगमा एक जित र एक बराबरी खेलेका छन र समान चार चार अंक बेकेका छन तेस्रो खेल काठमाडौंको हलचोक मैदानमा मछिन्द्र क्लब र संकटा क्लब वीच दिउसो साढे २ बजे हनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);