कर सप्ताहको अवसरमा मैत्रीपूर्ण फुटबल खेल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कर सप्ताहको अवसरमा मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं, ६ मंसिर । सातौ कर सप्ताहको अवसरमा कर प्रशासन र उद्योगी व्यवसायिबीच मैत्रीपुर्ण फुटबल खेल भएको छ । सातौ कर सप्ताहको अवसरमा बिहीबार काठमाडाैंको भद्रकालीस्थित नेपाली सेनाको फुटबल मैदानमा कर प्रशासन र उद्योगी व्यवसायिबीच मैत्रीपुर्ण फुटबल भएको हो ।

कर प्रशासनको तर्फबाट आन्तरिक राजश्व विभाग, विभिन्न कर कार्यालय, भन्सार विभाग तथा अर्थ मन्त्रालयका कर्मचारी र उद्योगीहरुको तर्फबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, शेखर गोल्छा, पशुपति मुरारका, चन्द्र ढकाल लगायतबीचको मैत्रिपुर्ण खेल निकै रोमाञ्चक देखिएको थियो ।

कर प्रशासन समुहको तर्फबाट आन्तरिक राजश्व विभागका प्रमुख विष्णु प्रसाद नेपाल र उद्योगी समुहको तर्फबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले टोली नेताको भुमिका निर्वाह गरेका थिए ।

मैत्रीपुर्ण खेल हेर्न अर्थमन्त्री युवराज खतिवडा पनि खेल मैदान पुगेका थिए । अर्थमन्त्री खतिवडा र महासंघका अध्यक्ष राणाले खेल मैदानमा उत्रिदै आ–आफ्ना टोलीहरुसंग हात मिलाएको दृश्य हेर्न लायक देखिएको थियो । खेलमा उद्योगीहरुको टीमले ३ गोल हानेको थियो भने कर प्रशासकहरुको टिमले एक गोल फर्काएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);