भारतसंगको दुई वटा मैत्रीपुर्ण फुटबल फ्लडलाईटमा गराउने एन्फाको योजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

भारतसंगको दुई वटा मैत्रीपुर्ण फुटबल फ्लडलाईटमा गराउने एन्फाको योजना

काठमाडाैं । भारतसंगको दुई वटा मैत्रीपुर्ण फुटबल खेल फ्लडलाईटमा गराउने अखिल नेपाल फुटबल संघ एन्फाले योजना बनाएको छ । अहिलेसम्म आधिकारीक रुपमा खेलको समय तय नभएपनि नआएपनि साँझ साँढे ५ बजेबाट खेल सुरु गराउने एन्फाको योजना छ ।

खेलका दौरान कोरोना खोपको दुबै मात्रा लगाएका सिमित दर्शकलाई प्रवेश गराउने पहल भइरहेको पनि एन्फाले बताएको छ । त्यसका लागि सम्बन्धित निकायको अनुमति लिने प्रक्रिया भइरहेको छ । मैत्रीपुर्ण खेलका लागि भारतको २३ बर्ष मुनिको टोली नभइ राष्ट्रिय टोली नै आउने एन्फाको भनाइ छ ।

नेपालले घरेलु मैदानमा साफ च्याम्पियनसिप अगाडी दुई वटा मैत्रीपुर्ण खेल खेल्दैछ । पहिलो खेल सेप्टेम्बर दुई र दोस्रो खेल सेप्टेम्बर ५ मादशरथा रंगशालामा हुने छ । त्यसपछि नेपाली साफ लागि माल्दिभ्स जाने योजना छ । साफ च्याम्पियनसिपका लागि नेपाली टिम अहिले पोखरामा प्रशिक्षणमा रहेको छ ।

५० जनाको प्रारम्भिक सूचीबाट नेपाली टिम अहिले २८ जनामा झारिएको छ । साफमा नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ । त्यसपछि श्रीलंका, भारत र बंगलादेशसँग खेल्नेछ । यो पटकको साफमा ५ टोली मात्र सहभागि हुनेछन् । पाकिस्तान फुटबल फिफाको प्रतिबन्धमा रहेको छ भने भुटानले कोरोनाका कारण डिसेम्बरसम्म आफ्नो नागरिकलाई विदेशी भूमीमा जानमा रोक लगाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);