सातदोबाटो युथ क्लबको ए डिभिजन तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

सातदोबाटो युथ क्लबको ए डिभिजन तयारी

काठमाडाैं । सहिद स्मारक बी डिभिजन लिग च्याम्पियन हुँदै सातदोबाटो युथ क्लबले २३ वर्ष पछि शीर्ष डिभिजनमा बढुवा भयो । बढुवा भएसँगै अहिले ए डिभिजन लिगको तयारी गरिरहेको छ । लिगकै लागि विभिन्न अन्य क्लबले खेलाडी अनुबन्ध गरिरहँदा सातदोबाट भने मौसमअनुकुल सहिद स्मारक ए डिभिजन लिगको तयारी गरिरहेको छ ।

बी डिभिजन लिगको सुखद अन्त्य गर्दै शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटो युथ क्लब अहिले लिग खेल्न आतुर छ । खेलाडी अनुबन्ध र प्रायोजक भेला पार्ने कामलाई क्लबले तिब्रता दिइरहेको छ । सातदोबाटोले किन भने शीर्ष डिभिजन खेल्न क्लबका लागि स्तरिय र बलिया प्रतिस्पर्धीको चुनौति सामना गर्नु पर्ने हुन्छ ।

त्यसका लागि क्लबले केही अनुभवि र केही पुराना खेलाडीको संयोजन गरेको छ र समय र मौसम अनुकुल खेलाडीलाई प्रशिक्षण गराइरहेको छ । ए डिभिजनमा उक्लिएका सातदोबाटोको लक्ष्य शीर्ष तीन भित्र रहेर लिग सक्ने योजना रहेको क्लबका अध्यक्ष कपिल राना मगरले बताए । यस अघि बी डिभिजनमा दुई सिजन उपाधि नजिक पुगेर पनि वञ्चित भएको थियो ।

तीतो अनुभवलाई क्लबले २३ वर्षपछि पूरा गर्दै ए डिभिजनमा उक्लिएको थियो । सातादोबाटो स्थित एन्फा मुख्यालयमा भएको त्यो क्षणमा खेलाडी निकै हर्षित देखिएका थिए । २०५७ मा स्थापना भएको सातदोबाटो सी डिभिजन र त्यसको १० वर्षपछि बी डिभिजनमा उक्लेको थियो ।

उक्त अवधिमा बिमल केसी क्लबका अभिन्न सदस्य थिए जसले आफ्नो क्लब बढुवा भएसँगै सन्यास लिएका थिए । उनको टोलीले बी डिभिजन लिगमा ११ मध्ये ९ खेल जित निकाल्दै ए डिभिजन लिग खेल्ने यात्रा तय गरेको थियो । बी डिभिजन लिगमा उत्कृष्ट खेल प्रदर्शन गरेका बसन्त तामाङले बलिया क्लबको चुनौतिलाई सामना गर्दै राम्रो नतिजाका लागि ए डिभिजन लिग खेल्ने बताए ।

क्लबलाई क्लबलाई खेलाडी अनुबन्ध र क्लब सञ्चालन गर्न आर्थिक पाटो निकै महत्वपूर्ण हुन्छ । क्लबको आफ्नो भवन भएकाले बाहलबाट उठ्ने रकम र एन्फाले दिने तयारी खर्च क्लबका केही सहयोग हुनेछ । तर सञ्चालनका लागि पर्याप्त भने हुने छैन ।

प्रायोजकसँग कुरा भइरहेको र गतिलो प्रायोजक खोज्ने काम भइरहेको क्लबका अध्यक्ष कपिल रानामागर बताए । त्यसो त एएफसीका क्लब लाइसेन्सिङका मापदण्ड जस्तै आफ्नै अभ्यास मैदान, एकेडेमी सञ्चालन लगायत मापदण्ड पूरा गर्न पनि क्लबका लागि अर्को चुनौति छ ।

शीर्ष डिभिजनमा उक्लिएको क्लबलाई बलिया क्लबको सामना गर्न पक्कै सहज भने छैन । एएफसी र फिफाका कडा नियम र ए डिभिनजमा हुने ठूलो खर्च धानेर सफलता पाउनु पनि सातदोबाटोका लागि ठूलो चुनौती रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);