फरेरासँग इंग्लिस क्लब टोटेनहम १–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

फरेरासँग इंग्लिस क्लब टोटेनहम १–० गोल अन्तरले पराजित

एजेन्सी । युरोपा कन्फरेन्स लिग अन्तर्गत प्ले अफको पहिलो लेगमा इंग्लिस क्लब टोटेनहम पराजित भएको छ ।

बिहीबार राति भएको पहिलो लेगमा टोटेनहम पोर्चुगलको पाकोस फरेरासँग १–० गोल अन्तरले पराजित भएको हो । पाकोसलाई जित दिलाउन लुकास सिल्भाले निर्णायक गोल गरे ।

उनले ४५ औं मिनेटमा गोल गरेका थिए । पराजित टोटेनहमले अव दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ । दुई लेगको प्ले अफ्मा जित निकाल्ने टोलीले युरोपा कन्फरेन्स लिगको समूह चरणमा स्थान बनाउने छन् ।

प्ले अफको पहिलो लेग अन्तर्गत नै रोमाले टर्किस क्लब ट्रावजोनस्पोरलाई २–१ ले हराएको छ । रोमालाई जित दिलाउन लोरेन्जो पेल्लिग्रिनी र एल्डोरले एक एक गोल तथा ट्रावजोनस्पोरका आन्द्रेसले एक गोल फर्काए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);