युरोपा लिग : आर्सनलद्वारा एसी मिलानलाई २–०ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

युरोपा लिग : आर्सनलद्वारा एसी मिलानलाई २–०ले पराजित

एजेन्सी , २५ फागुन । युरोपा लिग अन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको छ । आर्सनलले इटालियन क्लब एसी मिलानमाथि उसकै मैदानमा २–० को जित निकाल्यो ।

एसी मिलानमाथिको जितसँगै आर्सनलले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ । आर्सनलको जितमा हेनरिक मखिटार्यन र एरोन राम्सेले १-१ गोल गरे । मखिटार्यनले खेलको १५ औं तथा राम्सेले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।

युरोपा लिग अन्तर्गत गएराति भएका अन्य खेलमा स्पेनी क्लब एथ्लेटिको मड्रिडले रुसी क्लब लोकोमोटिभ मस्कोलाई ३–० गोल अन्तरले पराजित गरेको छ भने जर्मन क्लब बोरुसिया डर्टमुन्ड रेडबुल साल्जबर्गसँग २–१ गोल अन्तरले पराजित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);