एसी मिलानलाई पराजित गर्दै युनाईटेड युरोपा लिगको क्वाटरफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एसी मिलानलाई पराजित गर्दै युनाईटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी, ६ चैत । इंग्लिश क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै समग्रमा २–१ को जितसहित युनाईटेड अन्तिम आठमा पुगेको हो ।

मिलानको मैदानमा युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा पोग्बाले गोल गरेका हुन् । जुन गोल युनाईटेडको जितमा निर्णायक बन्यो ।

पोग्बाले मैदान छिरेको तीन मिनेट पछि नै गोल गरेका हुन् । फ्रान्सका पोग्बा ४६ औं मिनेटमा मार्कुस राषफोर्डको स्थानमा मैदान प्रवेश गरेका थिए । पहिलो लेगमा युनाईटेड र मिलानले १–१ गोलको बराबरी खेलेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);