इटालियन क्लब एसी मिलान युरोपा लिगको दोस्रो चरणमा छनोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

इटालियन क्लब एसी मिलान युरोपा लिगको दोस्रो चरणमा छनोट

एजेन्सी, २ असोज । इटालियन क्लब एसी मिलानले युरोपा लिगको दोस्रो चरणको छनोटमा जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा मिलानले आयरल्याण्डको सामरक रोभर्सलाई २–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

डब्लिनमा मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोभिच र हकान कलहानोग्लुले एक–एक गोल गरे । मिलानले खेलको २३ औं मिनेटमा इब्राहिमोभिचको गोलबाट अग्रता बनाएको थियो । त्यसपछि खेलको ६७ औं मिनेटमा कलहानोग्लुले गोल गर्दै मिलानलाई २–० को जित दिलाए ।

यस्तै गतराति नै सम्पन्न अर्को खेलमा इंग्लिस क्लब टोटेनहमले लोकोमोटिभ प्लोभडिभलाई २–१ ले पराजित गरेको छ । टोटेनहमको जितमा ह्यारी केन र टान्गी एनडोम्बेलेले एक–एक गोल गरे । ९ खेलाडीमा समेटिएको लोकोमोटिभका जिओर्जी मिन्चेभले एक गोल फर्काए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);