पीएसजी स्टार नेयमारलाई दुई खेलको प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पीएसजी स्टार नेयमारलाई दुई खेलको प्रतिबन्ध

एजेन्सी, १ असोज । फ्रान्सेली राष्ट्रिय लिग फुटबलमा मार्सेबिरुद्धको खेलमा झगडा गरेबापत रातो कार्ड पाएका पेरिस सेन्ट जर्मेनका ब्राजिली स्टार नेयमारलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । गत आइतबार भएको खेलमा देखाइएको पाँचवटा रातो कार्डमध्ये एक नेयमारले पाएका थिए । उनले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई टाउको हिर्काएका थिए ।

फ्रेन्च फुटबल अधिकारीहरुले गोन्जालेजले नेयमारमाथि गरेको रंगभेदी टिप्पणीकोबारे पनि अनुसन्धान गर्ने भएको छ । रातो कार्ड पाएपछि नेयमारले गोन्जालेजले आफूलाई रंगभेदी टिप्पणी गरेको आरोप लगाउँदै अधिकारीहरुलाई भीएआरको प्रयोग गरेर अनुसन्धान गर्न माग गरेका थिए ।

गोन्जालेजले नेयमारको आरोपलाई खण्डन गरेका छन् । उक्त खेलमा रातो कार्ड पाउने अन्य खेलाडीहरुलाई पनि प्रतिबन्ध सुनाइएको छ । यसमा पीएसजीका डिफेन्डर लेइभिन कुरजावालाई ६ खेलको प्रतिबन्ध लगाइएको छ । उनको समकक्षी लियान्ड्रो पारेडेलसलाई दुई खेलको प्रतिबन्ध सुनाइएको छ । मार्सेका जोर्डन अमाभीलाई ३ खेल तथा डारियो बेनेडेट्टोलाई एक खेलको प्रतिबन्ध लगाइएको छ ।

यता, लिग डे फुटबल प्रोफेसनल एलएफपीलेपनि नेयमारको आरोपबारे अनुसन्धान गर्ने बताएको छ । पीएसजीले नेयमारलाई समर्थन गर्ने बताएको छ भने मार्सेले गोन्जालेज रंगभेदी नभएको भन्दै बचाउ गरेको छ ।

पीएसजीका एन्जेल डि मारियामाथि पनि विपक्षी खेलाडीलाई थुकेको आरोप छ । उनलाई २३ सेप्टेम्बरमा अनुशासन समिति सामु उपस्थित हुन भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);