पिएसजीको अपराजित यात्रा कायमै, कभानीको दुई गोल | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

एजेन्सी, ११ कार्तिक । फ्रान्सेली लिग १ अन्तगर्त गए राति भएको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले जित हासिल गरेको छ। पिएसजीले निसलाई ३-० ले पराजित गर्दै जित दर्ता गरेको थियो। पिएसजीको जितमा स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गरेका थिए ।

मार्सेविरुद्ध रातो कार्ड पाएर प्रतिबन्धित रहेका स्टार खेलाडि नेयमारको अनुपस्थितिमा काभानी खेलको नायक रहे । काभानीले पिएसजीलाई पहिलो हाफको तेस्रो मिनेटमै एक गोलको अग्रता दिलाएका थिए । एन्जल डि मारियाको फ्रिकिकमा काभानीको सुन्दर हेडरद्वारा घरेलु टोलीले अग्रता लिएको थियो ।

त्यस्तै खेलको दोस्रो हाफको ३१ औँ मिनेटमा कभानीले नै दोस्रो गोल गरे का थिए।

काभानीको हेडिङ पासलाई डि मारियाले गोल हान्न खोज्दा निसका डिफेन्डर डान्टेलाई लागेर बल पोस्टभित्र छिरेको थियो। यस गोलसँगै पिएसजीले आफ्नो ३ अंक पनि सुनिश्चित गर्‍यो ।

पिएसजी ११ खेलमा ३४ गोल गर्दै २९ अंकसहित लिग १ को शीर्ष स्थानमा छ भने निस केवल १० अंकसहित १४ औँ स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);