नेइमार बिनै मैदानमा उत्रिएको पिएसजीको सानदार जित, एन्जर्स ५-० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, १९ कार्तिक । फ्रेन्च लिग १ मा शनिबार राति भएको खेलमा एन्जर्सलाई ५-०ले हराउँदै पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ। विश्वकै महंगा खेलाडी नेइमार बिना नै मैदानमा उत्रिएको खेलमा स्टार खेलाडी एडिन्सन काभानी र किलियन एम्बाप्पे चम्किएपछि पिएसजी फराकिलो गोल अन्तरले विजयी भएको हो। नेईमार घुँडाको चोटका कारण केही समयदेखि खेलमा फर्किएका छैनन्।

खेल सुरु भएको पाँचौ मिनेटमै ड्यानी एल्भेसको क्रसलाई किलियन एम्बाप्पेले गोलमा परिणत गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए भने १४ औँ मिनेटमा जुलियन ड्राक्सलरले दोस्रो गोल गरेका थिए।

त्यस्तै फ्रेन्च लिगमा आफ्नो व्यक्तिगत गोल संख्या १ सय पुर्याएका काभानीले खेलको ३० औँ र ६० औँ मिनेटमा एक–एक गोल गरे। एम्बाप्पेले खेलको ८४ औँ मिनेटमा गोल गर्दै पिएसजीलाई ५-० को फराकिलो गोल अन्तरको जित दिलाए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);