लिग वान : साविक विजेता पीएसजीको सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लिग वान : साविक विजेता पीएसजीको सहज जित

एजेन्सी, १६ फागुन । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजीले सहज जित निकालेको छ । गएराति डिजोनको मैदानमा भएको खेलमा पीएसजीले डिजोनलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । भने मोइस किन र डानिलो पेरेइराको नाममा एक-एक गोल रह्यो । खेलको छैटौं मिनेटमा मोइसको गोलबाट पीएसजीले अग्रता बनाएको थियो । ३२ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए ।

खेलको ५१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३–० को बनाए । त्यसपछि खेलको ८२ औं मिनेटमा डानिलोले गोल गर्दा पीएसजीले सहज जित निकाल्यो ।

जितसँगै पीएसजी २७ खेलमा ५७ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।भने पराजित भएको डिजोन १५ अंकसहित सलगको पुछारमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);