लिग वानमा शिर्ष स्थानको पीएसजीको आठ खेलपछि पहिलो हार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लिग वानमा शिर्ष स्थानको पीएसजीको आठ खेलपछि पहिलो हार

एजेन्सी, ६ मंसिर । फ्रेन्च लिग वान फुटबलमा शिर्ष स्थानको पेरिस सेन्ट जर्मेन पीएसजीले आठ खेलपछि पहिलो हार ब्यहोरेको छ । शनिबार विहान भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी मोनाकोसँग तीन दुई गोलअन्तरले पराजित भएको हो ।

मोनाकोको घरेलु मैदानमा भएको खेलमा केलियन एम्बाप्पेले दुई गोल गरेपनि पीएसजी सिजनमा तेस्रो पराजय ब्यहोरेको हो । २ गोलले पछि रहेको अवस्थामा मोनाकोका लागि जितमा केभिन मोलान्डले दुई तथा फेब्रिगासले एक गाल गरे ।

खेलको २५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा एमबाप्पेले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २–० अग्रता दिलाए ।

दोस्रो हाफमा मोनाकोले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ५२ औं मिनेटमा केभिन भोलाण्डले गोल गर्दै मोनाकोलाई २–१ को स्थितिमा ल्याए ।

६५ औं मिनेटमा केभिनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरी बनाए । खेलको ८४ औ मिनेटमा सेस फेब्रिगासले गोल गर्दै मोनाकोलाई ३–२ को जित दिलाए ।

जितसँगै मोनाको दोस्रो स्थानमा उक्लिएको छ । मोनाकोले ११ खेलमा २० अंक जोड्यो । पीएसजी २४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);