क्यानले बन्द प्रशिक्षणको लागि २२ खेलाडीलाई बोलायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

क्यानले बन्द प्रशिक्षणको लागि २२ खेलाडीलाई बोलायो

काठमाडौं, ६ मंसिर । नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणको लागि २२ खेलाडीलाई बोलाएको छ । क्यानले मंसिर १० गतेबाट सुरु हुने बन्द प्रशिक्षणका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई बोलाएको हो ।

कोरोना भाईरसको महामारीको कारण नेपालले ९ महिनापछि क्रिकेटको बन्द प्रशिक्षण गर्न लागको हो । क्यानले आवश्यक सबै सावधानी अपनाएर प्रशिक्षण गराउने जनाएको छ । मंसिर ८ गते खेलाडी र प्रशिक्षकको पीसीआर परिक्षण गरिने छ । प्रशिक्षक जगतबहादुर टमटाले प्रशिक्षण दिने छन् ।

बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल , दिपेन्द्र सिंह ऐरी , पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावाकर, कारण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसार भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की सहभागि हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);