विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय खेलका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय खेलका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

एजेन्सी । नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय क्रिकेट श्रृखलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । शुक्रबार क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो ।

क्यानले घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट खेलेका नखेलेका शरद भेषवाकर र पृथु बास्कोटालाई पनि बेलाएको छ । ् बलर बसन्त रेग्मी,रोहित पौडेल भने टिममा परेका छैनन् । नेपालले खेल्ने यस त्रिकोणात्मक सिरिज जुलाईमा स्पेनमा हुनेछ ।

सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक देभ वाटमोर नेपाल आईसकेका छन् । नेपालले सोमबारबाट तयारी थाल्ने क्यानले जनाएको छ । लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगका ४ खेलमा ४ अंक जोडर नेपाल छैटौं स्थानमा छ ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);