युरोकप फुटबलमा आज तीन खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

युरोकप फुटबलमा आज तीन खेल हुँदै

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछन् । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको समूह चरण अन्तर्गत आजहुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ’ई’ मा रहेको दुई टिमबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमो पोल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको स्लोभाकिया दोस्रो जितको खोजीमा हुनेछ भने स्विडेन पहिलो जित निकाल्ने योजनामा हुनेछ । स्विडेनले पहिलो खेलमा स्पेनसँग गोल रहित बराबरी खेलेको थियो । त्यस्तै दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्ने छन् ।

दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । समूह ’डी’ मा रहेको क्रोएसिया पहिलो जित निकाल्ने योजनामा रहेको छ भने चेक रिपब्लिक लगातार दोस्रो जित निकाल्न चाहन्छ । त्यसैगरी आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । समूह ’डी’ को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । स्कटल्याण्डभने पहिलो जित निकाल्ने योजनामा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);