१६ औं संस्करणको युरोकप फुटबलमा मंगलबार राति फ्रान्स र जर्मनीबीच प्रतिष्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

१६ औं संस्करणको युरोकप फुटबलमा मंगलबार राति फ्रान्स र जर्मनीबीच प्रतिष्पर्धा हुँदै

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा मंगलबार राति फ्रान्स र जर्मनीबीच प्रतिष्पर्धा हुँदैछ । विश्वकप विजेता फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । समूह ’एफ’ मा रहेका दुबै टिम पहिलो खेलमा जित निकाल्ने योजनामा हुनेछन् ।

दुबै टिमका लागि यस जितको छुट्टै अर्थ हुनेछ । त्यसैले दुई विश्व विजेता टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । यस खेलमा फ्रान्सका किलियन एमबाप्पे र जर्मनीका सर्जी जिनाब्रीप्रति सबैको ध्यान केन्द्रित हुनेछ । सन् २०१८ मा फ्रान्सलाई विश्व विजेता बनाउन एमबाप्पेको प्रदर्शन प्रभावकारी रहेको थियो ।

यता विश्व विजेता फ्रान्सविरुद्ध जर्मनीका युवा खेलाडी सर्जी जिनाब्री आफ्नो टोलीका लागि महत्वपूर्ण खेलाडी रहने छन् । विंगर भूमिकामा रहने जिनाब्रीले टोलीको आवश्यकता अनुसार सेन्टरमा समेत खेल्न सक्छन् । युरोकप प्रतियोगिताका दुई सम्भावित बिजेताको यो भिडन्तलाई चासोको साथ हेरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);