युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरु हुँदै

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेलहरु हुँदैछन् ।

आज समूह ’ई’मा स्पेन र स्लोभाकिया तथा स्विडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । दुवैै खेल एउटै समयमा राति पौने १० बजे शुरु हुने छ । स्पेनलाई अन्तिम १६ मा पुग्न आज जित आवश्यक छ ।

स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ ।स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । स्लोभाकिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समूह इ मा स्विडेन ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगिसकेको छ ।

पोल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रहेपनि आजको खेल जितेर अर्को चरणमा पुग्ने सम्भावना कायम राख्ने प्रयासमा हुने छ । आजै समूह ’एफ’ अन्तर्गत पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

सबै टोली आजको खेल जितेर अघिल्लो चरणमा स्थान सुरक्षित गर्ने प्रयासमा हुने छन् । फ्रान्स अन्तिम १६मा पुगिसकेको अवस्थामा पोर्र्चुगल र जर्मनी आज जित हात पारेर अन्तिम १६मा स्थान सुरक्षित गर्न चाहन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);