युरोकप फुटबलमा आज प्रि क्वार्टर फाइनलका अन्तिम २ खेल हुदैं, इंग्ल्यान्डसँग जर्मनी र स्विडेनसँग युक्रेन भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

युरोकप फुटबलमा आज प्रि क्वार्टर फाइनलका अन्तिम २ खेल हुदैं, इंग्ल्यान्डसँग जर्मनी र स्विडेनसँग युक्रेन भिड्दै

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज प्रि क्वार्टर फाइनलका अन्तिम २ खेल हुदैछन् ।

आज पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच राति पौने १० र दोस्रो खेल स्विडेन र युक्रेनबीच राति पौनै १ बजे हुने छ ।

इंग्ल्याण्डको लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनी दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछन् ।

इंग्ल्यांन्ड समूह ’डी’ बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । जर्मनी समूह ’एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो ।

युरोपका फुछटबल हस्ती इंग्ल्यान्ड र जर्मनी युरोकपमा भिड्न लागेको यो तेस्रो पटक हो । यस अघिको दुई खेलमा दुबै टोली एक एक जितहातपारेका छन् । यसैगरी स्विडेन र युक्रेनबीच स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुनेछ दुबै टिम आज जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् ।

स्विडेन समूह ’ई’ को विजेता तथा युक्रेन समूह ’सी’ बाट उत्कृष्ट तेस्रो बन्दै दोस्रो चरणमा पुगेका हुन् । स्विडेन र युक्रेनबीच पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको चार खेलमा युक्रन विरुद्ध स्विडेनले २ हार व्यहोरेको छ । यस्तै एक जित र एक बराबरी खेलेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);