युरोकप फुटबल अन्तर्गत प्री क्वार्टर फाइनलका खेलहरु आजबाट सुरु, वेल्सविरुद्ध डेनमार्क र इटालीविरुद्ध अष्ट्रिया भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

युरोकप फुटबल अन्तर्गत प्री क्वार्टर फाइनलका खेलहरु आजबाट सुरु, वेल्सविरुद्ध डेनमार्क र इटालीविरुद्ध अष्ट्रिया भिड्दै

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरण अर्थात् अन्तिम १६ को खेलहरु आजबाट सुरु हुँदैछ ।

नकआउट चरण अन्तर्गत शनिबार राति पौने १० बजे वेल्स र डेनमार्क तथा पौने १ बजे इटाली र अष्ट्रियाबीच प्रतिस्पर्धा हुने छ ।

वेल्स र डेनमार्कबीच नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने खेलमा दुबै टोली जित निकाल्दै अन्तिम आठमा पुग्ने दाउमा हुनेछन् डेनमार्क समूह ’बी’ का ३ खेलमा ३ अंक जोडेर उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

यसैगरी वेल्स ३ खेलमा ४ अंक जोडेर समूह ’ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । डेनमार्क र वेल्सबीच अहिलेसम्म १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ । यसैगरी आजै इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटाली र अष्ट्रिया भिड्नेछन् ।

इटाली समूह ’ए’ का सबै खेल विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अष्ट्रिया भने ३ खेलमा ६ अंक बटुलेर समूह ’सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

इटाली र अष्ट्रियाबीच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ । इटालीले अष्ट्रियासँग हार्नु परेको छैन । इटालीले अष्ट्रियाविरुद्ध १० खेल जित्दा ३ खेल बराबरी खेलेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);