उरुग्वे कोपा अमेरिका फुटबलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

उरुग्वे कोपा अमेरिका फुटबलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश

एजेन्सी। उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान सम्पन्न खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको हो । उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पायो ।

खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २–० को जित दिलाए ।

जितसँगै उरुग्वेले ३ खेलमा ४ अंक जोड्दै समूह ए को उरुग्वे चौंथो स्थानमा रहेको छ । भने पराजित बोलिभिया अंक विहीन रहदै तालिकाको पुछारमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);