स्पेनमा हुने भनिएको त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

स्पेनमा हुने भनिएको त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय सिरिज स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्तिमार्फत कोभिड–१९ को कारण स्पेनमा तय भएको सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित भएको जनाएको छ ।

त्रिकोणात्मक एक दिवसीय श्रृखंलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरिसकेको थियो ।

यो पनि पढ्नुहोस

त्रिकोणात्मक क्रिकेट श्रृखंलाका लागि नेपाली टोलीको अभ्यास सुरु

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज कोरोनाका कारण यस अघि नै स्थगित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);