युरोकप फुटबलमा समूह एफ का फ्रान्स र पोर्चुगलबीचको खेल बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

युरोकप फुटबलमा समूह एफ का फ्रान्स र पोर्चुगलबीचको खेल बराबरीमा

एजेन्सी । फ्रान्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो । फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे भने पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए ।

रोमान्चक बनेको खेलको ३१ औं मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको सुरुवातमै फ्रान्सले अग्रता बनायो । पाउल पोग्बाको पासमा बेन्जिमाले ४८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाएका थिए । ६० औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–२ गोलको बराबरीमा ल्याए ।

फ्रान्ससँगको बराबरीसँगै पोर्चुगलले ३ खेलमा ४ अंक जोड्दै समूहको तेस्रो स्थानमा रहेको छ । त्यस्तै बुधवार राती नै भएको अर्काे खेलमा स्पेन समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । स्लोभाकियालाई ५–० गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो ।

स्पेनलाई जित दिलाउन एम्रिक लापोर्ट, पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे भने स्पेनले आत्मघाती दुई गोल उपहार पाएको थियो । यससँगै समूह ’ई’ मा रहेको स्पेनले पहिलो जित समेत निकालेको छ ।

स्पेनले ३ खेलमा ५ अंक जोड्यो र समूहको दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको हो । स्पेनले अब अन्तिम १६ मा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);