विश्वकप फुटबल अन्तर्गत बराबरी खेलेर स्पेन र पोर्चुगल अन्तिम १६ मा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विश्वकप फुटबल अन्तर्गत बराबरी खेलेर स्पेन र पोर्चुगल अन्तिम १६ मा प्रवेश

spain portugal

काठमाडौं, १२ असार । विश्वकप फुटबलमा पोर्चुगल र स्पेन अन्तिम १६ मा प्रवेश गरेका छन् ।  समूह बी अन्तर्गत गएराति भएका खेलमा पार्चुगल इरान र स्पेन मोरक्कोलाई बराबरीमा रोकेर अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

पोर्चुगलले तुलनात्मकरुपमा कमजोर मानिएको इरानसँग १–१ गोलको बराबरी खेल्यो । कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीको अवसर सदुपयोग गर्न नसक्दा पोर्चुगल जित निकाल्न चुकेको हो । पोर्चुगलका लागि पहिलो हाफको अन्तिममा रिकार्डो करिस्माले गोल गरेकामा इरानले खेलको अन्तिममा पेनाल्टीमार्फत बराबरी गोल फर्कायो ।

इरानले इन्जुरी समयको तेस्रो मिनेटमा पाएको पेनाल्टी भने विवादित बन्यो । रेफ्रीले भीएआर प्रविधिमार्फत इरानलाई पेनाल्टी दिने निर्णय गरेका थिए । क्रिस्टियानो रोनाल्डोले खेलको ८१ औं मिनेटमा इरानी खेलाडीको अनुहारमा हात पु¥याएकामा रेडकार्डको सम्भावना रहेकामा रेफ्रीले भीएआर रिभ्युपछि यल्लो कार्ड देखाए । इरानसँगको बराबरीपछि पोर्चुगल समूह उपविजेतामा चित्त बुझाउन वाध्य भएको छ । अन्तिम १६ मा अब पोर्चुगलले समूह एको विजेता उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ । उरुग्वे गएराति नै भएको खेलमा आयोजक रसियालाई ३–० गोलअन्तरले पराजित गरी समूह ए को विजेता बनेको हो । बराबरीका बाबजुद् इरान प्रतियोगिताबाट वाहिरिएको छ । इरान समूह चरणबाटै वाहिरिएको यो पाँचौं पटक हो ।

यस्तै गएराति भएको समूह बीको अर्को खेलमा स्पेनले मोरक्कोसँग २–२ गोलको बराबरी खेलेको छ । बराबरीका बाबजुद् स्पेन समूह विजेता बनेको छ । स्पेनले क्वार्टरफाइनलमा प्रवेशका लागि आयोजक रसियासँग प्रतिस्पर्धा गर्ने छ । स्पेन इन्जुरी समयमा एगो असपासले गोल गरेका कारण हारबाट जोगिइ समूह विजेता बनेको हो । मोरक्कोले खेलमा १४ औं मिनेटमा अग्रता लिएको थियो । मोरक्कोले बाउटेबको गोलमा अग्रता लिएकामा १९ औं मिनेटमा इस्कोले बराबरी गोल फर्काए ।

पहिलो हाफमा एक एक गोलको बराबरी भएकामा खेलको ८१ औं मिनेटमा मोरक्कोले २–१ को अग्रता लियो । उसका लागि युसुफ एन नेसरीले गोल गरे । स्पेन हारतर्फ अग्रसर भइ प्रतियोगिताबाटै वाहिरिने खतरा बढेकामा इन्जुरी समयको पहिलो मिनेटमा असपासले ड्यानी कार्भाजलको पासमा बराबरी गोल फर्काए । असपासको गोललाई भीएआर रिभ्यूपछि मान्यता दिइएको थियो । गएराति भएको समूह ए को अर्को खेलमा एसियाली मुलुक साउदी अरेबियाले इजिप्टमाथि २–१ गोलअन्तरको जित दर्ता गरेको छ । साउदी अरेबियाले विश्वकपमा २४ वर्षपछि पहिलो जित दर्ता गरेको हो ।

विश्वकपअन्तर्गत आज फ्रान्स र डेनमार्क तथा अष्ट्रेलिया र पेरुबीच राति ७ः४५ बजे तथा अर्जेन्टिना र नाइजेरिया तथा आइसल्याण्ड र क्रोएसियाबीच राति ११ः४५ बजे खेल हुने छ । समूह सीको फ्रान्स र समूह डीको क्रोएसिया यसअघि नै अन्तिम १६ मा पुगिसकेपनि दुई पटकको विश्वविजेता अर्जेन्टिनामाथि नकआउट चरणमा पुग्न नाइजेरियाविरुद्धको खेल जित्नैपर्ने दबाब छ । अर्जेन्टिनाले समूह चरणमा एउटै खेल जितेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);