विश्वकप फुटबल : पोर्चुगल र स्पेन ३–३ को बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विश्वकप फुटबल : पोर्चुगल र स्पेन ३–३ को बराबरीमा

portugal-spain

एजेन्सी, २ असार । विश्वकप फुटबल अन्तर्गत पोर्चुगल र स्पेनले ३–३ गोलको बराबरी खेलेका छन् । गएराति भएको समूह बी अन्तर्गतको खेलमा पोर्चुगल र स्पेनले ३–३ गोलको बराबरी खेलेका हुन् ।

खेलमा क्रिस्टियानो रोनाल्डो सन् २०१८ को विश्वकप फुटवलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । पोर्चुगलका तर्फबाट भएका तीनवटै गोल रोनाल्डोले गरे भने स्पेनका लागि डिएगो कोस्टाले २ तथा नाचोले १ गोल गरे ।

पोर्चुगलले खेलको चौंथो मिनेटमा पेनाल्टीमार्फत गोलको खाता खोलेको थियो । रोनाल्डोले आफूलाई डी बक्सभित्र लडाइएवापत प्राप्त पेनाल्टीको अवसर सदुपयोग गर्दै गोल गरेका हुन् । त्यसको २० मिनेटपछि डिएगो कोस्टाले बराबरी गोल फर्काए । तर, ४४ औं मिनेटमा पुनः रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए ।

खेलको ५५ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा बराबरी गरे भने त्यसको ३ मिनेटपछि नाचोले गोल गरेर स्पेनलाई ३–२ को अग्रता दिलाए । तर, खेलको अन्तिम तीन मिनेट सम्हालिन नसक्दा स्पेन अंक बाँड्न बाध्य भयो । डी एरियाबाहिर रोनाल्डोलाई स्पेनी खेलाडीले लडाएपछि पोर्चुगलले फ्रीकिकको अवसर पायो । उक्त अवसरलाई सदुपयोग गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरी टीमलाई हारबाट जोगाए ।

गएराति नै भएको समूह बी अन्तर्गतको अर्को खेलमा इरानले मोरक्कोलाई १–० ले पराजित गरेको छ । इन्जुरी समयको पाँचौं मिनेटमा इरानले खेलको नतिजा आफ्नो पक्षमा पारेको हो । इहसन हाजी साफीको फ्री किक प्रहारलाई मोरक्कोका बाउहाडोजले हेडमार्फत रोक्न खोज्दा आत्मघाती गोल भइ इरान विजयी भएको हो । इरानले सन १९९८ को विश्वकपपछि विश्वकपमा पहिलो जित दर्ता गरेको हो ।

विश्वकपअन्तर्गत आज फ्रान्स र अष्ट्रेलियाबीच दिउसो ३ः४५, अर्जेन्टिना र आइसल्याण्डबीच साँझ ६ः४५, डेनमार्क र पेरुबीच राति ९ः४५ बजे तथा क्रोएसिया र नाइजेरियाबीच राति पौने एक बजे खेल हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);