समूह ’बी’ को पहिलो खेलमा अाज मोरक्को र इरान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

समूह ’बी’ को पहिलो खेलमा अाज मोरक्को र इरान भिड्दै

खेल राति पौने ९ बजे

काठमाडौं, १ असार । विश्वकप समूह ‘बी’ अन्तर्गत शुक्रबार हुने पहिलो खेल सेन्ट पिटर्सवर्गमा राति पौने ९ बजे हुनेछ । त्यसमा २०१८ फिफा विश्वकपको समूह ’बी’ को पहिलो खेलमा अफ्रिकन टिम मोरक्को र एसियन महराथी इरान भिड्दै छन् । दुवै टिम एकअर्का विरुद्ध पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

मोरक्को आफ्नो डिफेन्सका लागि चिनिने राष्ट्र हो । छनोट चरणमा मोरक्कोले ६ लगातार क्लिन शिट पनि राखेको थियो । मोरक्कोले २० वर्षपछि विश्वकपमा पाइला टेक्दै छ । दुई दशकपछि विश्वकपमा फर्कदा मोरक्कोले पहिलो खेलमा इरानमाथि जित निकाल्ने लक्ष्य राखेको छ ।

यस्तै अग्रपंक्तिमा पनि खलिब बुतेब र हाकिम जेयचले मरोक्कोकोका लागि गोल कमान्ड गर्नेछन् । अर्को तर्फ इरान पनि एसियाबाट सजिलै छनोट हुन सफल भएको टोली हो । तुलनात्मक रुपमा कमजोर विपक्षीहरुसँग खेले पनि इरानले आफ्नो ९ मध्ये ६ मैत्रीपूर्ण खेल जित्न सफल भएको थियो ।

छनोटमा उत्कृष्ट खेलेको इरान विश्वकपमा पनि आफ्नो फर्मलाई निरन्तरता दिन चाहान्छ । प्रशिक्षक कार्लो क्युइरोज पछिल्लो ७ वर्षदेखि इरानी टिममा छन् । त्यसैले उनी आफ्नो करिअरको अन्त्यमा इरानलाई नयाँ उचाइ दिन चाहन्छन् । इरानको टिममा सइड इजाटोहाली उपलब्ध हुने छैनन् ।

यस्तै मेहदी टारेमी र अस्खान डजागेह पनि चोटग्रस्त छन् । मोरक्कोले भने घाइते भएका नविल डिरार टिममा फर्कने अपेक्षा गरेको छ । इरान पाँचौ पटक विश्वकप खेल्दैछ । तर, अहिलेसम्म समूह चरणमा नै उसको यात्रा सकिएको छ । अब इरान खराब इतिहास मोटाउन चाहन्छ । तर, मोरक्कोपछि इरानले स्पेन र पोर्चुगल जस्ता बलिया टिममको समना गर्नुपर्ने हुँदा यसपटक पनि इरानलाई दोस्रो चरण पुग्न कठिन छ ।

दुई दकशपछि विश्वकपमा फर्किएको मोरक्कोका लागि पनि इरान विरुद्धको खेल महत्वपूर्ण छ । यो खेलमा अंक बटुल्न सके पोर्चुगल र स्पेनमध्ये एक टिमविरुद्ध अंक खोस्दा उसको दोस्रो चरणमा पुग्ने सम्भावना हुनेछ । मोरक्को पछिल्लो १८ खेलमा अपराजित छ । उसले पछिल्ला खेलमा सर्विया, नाइजेरिया, कोरिया र इजिप्ट जस्ता टिमसँग खेलेको थियो । २०१८ विश्वकप खेल्ने मध्ये धेरै खेलमा अपराजित रहने टिम स्पेन (२० खेल) र बेल्जियम (१९ खेल) हुन् ।

इरानको टिम
गोलकिपर – अलि बेइरान्भाड
डिफेन्डर – मिलाद मोहममादी, मोर्टेजा पोउलारिगान्जी, रुज्बेह चेस्मी, पेज्मान मोन्टाजेरी
मिडफिल्डर – मासाउद शोजेइ, इशान हाजी साफी, ओमिड अब्राहिमी
फरवार्ड– भाहिद अमिरी, सरदार अज्मोउन, अलिरेजा जाहान्बोख्स छन् भने

मोरक्को टिम
गोलकिपर – मोनिर इल काजोउइ
डिफेन्डर – हाम्जा मन्डेल, रोमाइन साइस, मेहदी बनाइटा, अर्चाफ हाकिमी
मिडफिल्डर – हाकिम जिएच, एमबार्क बोसासोउफा, योनेस बेल्हान्डा, करिम इल अहमादी, नौरेडिन अमराबात
फरवार्ड– खालिब बाउटाइव छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);