यसकारण रोचक बन्न सक्छ मोरक्कोको फ्रान्ससँगको फुटबल भिडन्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यसकारण रोचक बन्न सक्छ मोरक्कोको फ्रान्ससँगको फुटबल भिडन्त

एजेन्सी, २५ मंसिर । कुनैबेला फ्रान्सको उपनिवेश थियो मोरक्को । सन् १९५६ मा फ्रान्सको उपनिवेश अन्त भयो । त्यहाँ अझै पनि फ्रान्सेली भाषा बोलिन्छ । फ्रान्सले विश्वकप फुटबलमा आफ्नै कुनैबेलाको उपनिवेश रहेको देशसँग सेमिफाइनलमा प्रतिष्पर्धा गर्ने भएको छ ।

मोरक्को निकै उत्साही देखिन्छ । फुटबल महाशक्ति राष्ट्रहरुलाई हराउँदै सेमिफाइनलसम्म पुगेको छ । समूह चरणमा पनि कुनै खेल हारेन । जारी विश्वकपमा अहिलेसम्म कुनै खेल नहार्ने मध्येमा मोरक्को र क्रोएशिया परेका छन् ।

मोरक्कोले सेमिफाइनलमा पहिलोपटक प्रवेश गरी इतिहास रचेको छ । उक्त देश सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश समेत बनेको छ ।
सेमिफाइनलसम्म पुगेर उत्साही मोरक्कोले दुईपटकको विश्वकप फुटबल विजेता फ्रान्ससँग प्रतिष्पर्धा गर्दा खेलको लय यथावत् राख्ने हो या होइन चासो बनेको छ । फ्रान्ससँग विश्वकै चर्चित खेलाडी छन् । मोरक्कोका खेलाडीको आत्मबल र टिम समन्वय मजबुत देखिन्छ । यसकारण फ्रान्सलाई मोरक्कोसँगको प्रतिष्पर्धा सजिलो देखिदैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);