क्रोयसियासँगको पराजयपछि नेयमारलाई पक्षघात, भन्छन्– आँशु रोक्नै सकिन | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

क्रोयसियासँगको पराजयपछि नेयमारलाई पक्षघात, भन्छन्– आँशु रोक्नै सकिन

एजेन्सी– ब्राजिलयन फुटबलर नेयमारले क्रोएसियासँगको  पेनाल्टी सुटआउटमा पराजितसँगै आफ्नो टोली २०२२ को विश्वकपबाट बाहिरिँदा आफू ‘मानसिक रूपमा क्षतविक्षत’ भएको बताएका छन् । शुक्रबार क्वार्टर फाइनलमा पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४–२ को गोल अन्तरले पराजित गरेको थियो ।

‘म मनोवैज्ञानिक रूपमा क्षतविक्षत भएको छु’, नेमारले इन्स्टाग्राम पोस्टमा भने, ‘यो पक्कै पनि पराजय हो जसले मलाई सबैभन्दा बढी चोट पु¥यायो । जसले मलाई प्रतियोगितापछि १० मिनेटसम्म पक्षघात गरायो । त्यसपछि रोक्नै नसक्ने गरी आँखाबाट आँशु चुहियो । ’

उनले अगाडि लेखेका छन्,‘दुर्भाग्यवश यसले धेरै लामो समयसम्म चोट दिनेछ । ’ उनको पोस्टलाई १ करोड ८८ लाखले लाइक गरेका छन् ।

नेमारल जारी कतार प्रतियोगिता आफ्नो अन्तिम विश्वकप हुनसक्ने संकेत गरे । उनी कूपे डु मोन्डेमा अर्को पतियोगिताका लागि ब्राजिलियन टोलीमा फर्किनेबारेमा अनिश्चित छन् ।

यसैबीच, नेमारको भावनात्मक इन्स्टाग्राम पोस्टको जवाफमा ब्राजिलियन फुटबल लिजेन्ड पेलेले उनलाई ‘निरन्तर प्रेरणा बन्न’ आग्रह गरे ।

Leave a Reply

ताजा समाचार