युरोकपको उपाधि इटालीले जित्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

युरोकपको उपाधि इटालीले जित्यो

एजेन्सी । इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै युरोकपको उपाधि इटालीले जितेको छ ।

सोमबार विहान लन्डनस्थित वेम्बली स्टेडियममा निर्धारित तथा थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि उपाधिको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो। 

खेलको दोस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । उनले किएरन ट्रिपिएरको क्रसमा वान टच गोल गरे । तर, खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १–१ गोलको बराबरीमा फर्काए ।

दोस्रो मिनेटमा ल्यूक शको गोल गर्दै घरेलु टोली इंग्ल्यान्डले लियो । तर त्यसपछि इटाली खेलमा फर्कियो । ६७ औँ मिनेटमा लियोनार्दो बोनुचीले इटालीका लागि बराबरी गोल गरे ।

पेनाल्टी सुटआउटमा इटालीका लागि बेरार्डी, बोनुची र बर्नार्डिचीले गोल गरे। आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए ।

यता इंग्ल्यान्डबाट ह्यारी केन र ह्यारी माग्युर मात्र पेनाल्टीमा गोल गरे । तर, मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोकेका थिए ।

इटलीले युरोकप जितेको यो दोस्रो अवसर हो । इंग्ल्यान्डमाथिको जितसँगै इटालीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भंग गरेको थियो ।

इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । भने इटालीले सेमिफाइनलमा तीन पटकको च्याम्पियन स्पेनलाई पेनाल्टीमै हराएर फाइनल यात्रा तय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);