थ्री नेसन्स कपअन्तर्राष्ट्रिय फुटबलको उपाधिविजेता नेपाली फुटबल टोलीलाई नगद पुरस्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

थ्री नेसन्स कपअन्तर्राष्ट्रिय फुटबलको उपाधिविजेता नेपाली फुटबल टोलीलाई नगद पुरस्कार

काठमाडाैं । ३७ वर्ष पछि घरेलु रंगशालामाथ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज सरकारले नगद सहित पुरस्कृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलितथ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गरेको हो ।

२३ खेलाडी र ३ प्रशिक्षकनगद पुरस्कारबाट पुरस्कृत भए । गत चैत १६ भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको थियो । सोही नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो ।

यस्तै प्रशिक्षकलाई सरकारले नगद २ लाख रुपैयाँ प्रदान गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित भइ फाइनल खेल हेरेको थियो ।

सोही क्रममा विजेतालाई पुरस्कार दिने घोषणा गरेको थियो । फाइनलमा नेपाललाई उपाधि दिलाउन सजोक राई र विशाल राईले एक/एकगोल गरेकाथिए । ३७ वर्षपछि घरेलु भूमिमा उपाधि जितेको नेपालले सन १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);