थ्रि नेसन्स कपको उपाधि नेपाललाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

थ्रि नेसन्स कपको उपाधि नेपाललाई

काठमाडाैं, १६ चैत । थ्रि नेसन्स कपको उपाधि नेपालले जितेको छ । सोमबार भएको फाइनल खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो । योसँगै नेपाली फुटबल इतिहासमा अर्को सफलता थपिएको छ । दशरथ रंगशालामा भएको फाइनलखेलमा नेपालका लागि सन्जोग राई र विशाल राईले पहिलो हाफमा एक–एक गोल गरे ।

बंगलादेशले भने खेलको ८३ औं मिनेट एक गो फर्काएको हो । प्रतिस्पर्धात्मक रहेको खेलमा नेपालले दुई गोल गर्दै गोलको खडेरी समेत अन्त्य गरेको छ । नेपालले नेपाली भूमिमा जितेको यो फुटबलको दोस्रो उपाधि मात्र हो ।

यसअघि सन् १९८४ मा उनले काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदका पुरुष तर्फ स्वर्ण जितेको थियो अन्तर्राष्ट्रिय फुटबलमा नेपालले जितेको यो समग्रमा पाँचौं उपाधि हो । फाइनल खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार रंगशाला पुग्नु भएको छ । उनले खेलाडीहरुसँग हात मिलाउने र दर्शक दीर्घातर्फ हात हल्लाएर अभिवादन समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);